फिप्नाको अध्यक्षमा बिष्ट निर्वाचित

न्यूयोर्क । मुस्ताङका राजकुमार बिष्ट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा निर्वाचित भएका छन् ।
आइतवार सम्पन्न आठौ अधिवेशनले फिप्नाका निवर्तमान सभामुख बिष्टलाई मुल नेतृत्वको जिम्मेवारी दिएको हो। यस क्रममा बिष्टले निवर्तमान अध्यक्ष लोक बहादुर लिम्बु (लोक चेम्जोङ्ग) लाई हराए ।
ज्याक्सनहाईट स्थित सत्यनाराण मन्दिरमा भएको निर्वाचनमा बिष्ट ५ मतले विजयी भए । बिष्टले ४० मत पाए । चेम्जोङ्गले ३५ मत पाए । कुल ७६ खसेकोमा एक मत बदर भएको थियो ।
बरिष्ठ उपाध्यक्षमा श्री मिङ्मार शेर्पा निर्वाचित भए । उनी शेर्पा संघ अमेरिकाका निबर्तमान उपाध्यक्ष तथा संरक्षक समितिका उप–संयोजक समेत हुन ।
उपाध्यक्ष, महासचिव लगायत अन्य पदमा यस अगाडि नै निर्विरोध भएको थियो । महिला उपाध्यक्षमा छोन्जोम लामा र महासिचवमा टोमा लामा निर्विरोध भएका थिए । सभामुख श्री सुवर्ण शाक्य निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरूलाई आईतवारनै प्रमाणपत्र वितरण गरिएको थियो ।