यूएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं सम्मेलन : नेपालको उच्चशिक्षा छलफलको विषय

Getting your Trinity Audio player ready...
|
अमेरिका । यूएस-नेपाल पोलिसी रिसर्च सेन्टरले आफ्नो छैटौ बार्षिक सम्मेलनमा नेपालको उच्च शिक्षालाई एजेण्डा बनाएको छ । अमेरिकामा रहेका बौद्धिक व्यक्तिहरु सहभागि रहेको सेन्टरले समय समयमा नेपालका विभिन्न एजेण्डमा छलफल चलाउने गर्दै आएको छ ।
सम्मेलन डिसेम्बर १९ मा जुम मार्फत हुने छ । सस्थाका अभियान्ता एवं पत्रकार तरुण पौडेलका अनुसार छलफलमा जापानका लागि नेपालका पूर्व राजदुत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार माथेमा,प्रोफेसर गणेश बहादुर सिंह लगायत सहभागि हुने छन् ।
‘नेपालको वर्तमान शिक्षाबारेमा छलफल गर्दै निचोड निकाल्ने प्रयास हुने छ ।’ पौडेलले भने ।