एनआरएनए विवाद : कुमार पन्तलाई सोनाम लामको सुझाव,’संघको इतिहासमा असफल अध्यक्ष हुनबाट जोगिनुहोस’

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष सोनामा लामाले अध्यक्ष कुमार पन्तलाई बेलैमा सच्चिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा बक्तव्य जारी गर्दै उपाध्यक्ष लामाले एनआरएनएमा अध्यक्ष पन्तले केही आसेपासेहरुको सहयोग लिएर विवादलाई चर्काउने काम गर्दा संस्थामा नाजुक स्थितिमा खडा भएको दावी गरेका छन् ।
उपाध्यक्ष लामाले अध्यक्ष पन्तले हर क्षेत्रमा विधान विपरित काम गरेको आरोप पनि लागएका छन । उनले भनेका छन्,’समय अझ पनि छ सोच्नु होस र अध्यक्ष पदको गरिमामय राख्नको लागि सल्लाह दिन चाहन्छु । यदि तपाईले त्यसो गर्न सक्नु भएन भने संघको इतिहासमा तपाई असफल अध्यक्षको रुपमा स्थापित हुनु हुने छ र भावी पुस्ताले पनि तपाईलाई असफल अध्यक्षको रुपमा सम्झने छन् ।’
लामाले एनआरएनएको आर्थिक पारदर्शितामा पनि जोड दिएका छन् ।
लामद्वारा जारी विज्ञप्तिको पूर्णपाठ
गैरआवासीय नेपालीको अभियानमा यो समय संघ नाजुक स्थितिमा खडा भएको छ ।संघको महाधिवेशन तथा विश्व सम्मेलन समयमा सम्पन्न हुन सकेन । केही एनसिसिहरुका प्रतिनिधि चयनमा देखिएका विवादलाई सम्बोधन गर्न सकि राखेका छैनौ । प्रतिनिधिहरु चयन प्रकृयामा तपाईले विधान विपरित पुरानो र नयां कार्यसमितिले पठाउने भनेर सार गैरआवासीय नेपालीहरु वीच फाटो ल्याउने काम गर्नु भयो ।
तपाईले यी विषयहरुमा सबैको सहयोग लिएर समस्या समाधान गर्न सक्नु भएको देखिदैन । केही तपाईका आसेपासेहरुको सहयोग लिएर विवादलाई चर्काउने काम गर्नु भयो । हाम्रो नियमनकारी पराराष्ट्र मन्त्रालयले दिएका सुझावलाई समाधान गर्नुको सट्टा अदातलत जाने काम गर्नु भयो । अझ तपाईले आइएसका साथीहरु संग बैठक नगरी मुद्दामा जाने एकल निर्णय गर्नु भयो । त्यस माथि पनि बहसको लागि वकिलहरुलाई संघको खाताबाट नै रकम उपलब्ध गराउनु भयो । हामी संग सल्लाह नगरीकन संघको रकम खर्च गर्नु भयो । संघले निर्णय नै नगरीकन तपाईले यस कामको लागि गरेको खर्च तपाई व्यक्तिगत मानिने छ र यो रकम तपाईले तुरुन्त सोधभर्ना गरिदिन पर्छ । विधान एक चोटी पढ्नु होस त्यहां तपाईलाइ दिएको काम कर्तब्य उल्लेख गरिएको छ । विधान विपरीत जथाभावी काम नर्गनु होस अहिले पनि केही बिर्गेको छैन यो समस्या तपाई हामी मिलेर समाधान गर्न सक्छौ ।
अझ तपाईले प्रमुख निर्वाचनले दिएको राजीनामा हामी संग सल्लाह नगरी तुरुन्त स्वीकृत गरी नयां प्रमुख निर्वाचन अधिकृतको नियुक्ति आइसिसिको सल्लाह बिना गर्नु भयो । तपाईलाई विधान विपरित गएर यस्तो निर्णय गर्न कसले बाध्य तुल्यायो त्यसको सहि जवाफ पनि दिनु होला । त्यसमाथि तपाईले एकलौटी रुपमा १५ जना प्रतिनिधिहरुको नाम विधान विपरित चयन गर्नु भयो विधानमा त आइएसको सिफारिश गर्नु पर्ने थियो त्यहां पनि विधान मिच्नु भयो ।
समय अझ पनि छ सोच्नु होस र अध्यक्ष पदको गरिमामय राख्नको लागि सल्लाह दिन चाहन्छु । यदि तपाईले त्यसो गर्न सक्नु भएन भने संघको इतिहासमा तपाई असफल अध्यक्षको रुपमा स्थापित हुनु हुने छ र भावी पुस्ताले पनि तपाईलाई असफल अध्यक्षको रुपमा सम्झने छन् ।
प्रतिनिधिहरुको विवाद समाधान नभईकन एकलौटी रुपमा निर्वाचनको प्रक्रिया बढाउनु भएको छ र निर्वाचनको लागि अष्ट्रेयिन भेन्डरलाई पेश्की उपलब्ध गराउन गईरहनु भएको छ । जब सम्म विवाद समाधान हुदैन यो कार्य तुरुन्त बन्द गर्नु होस ।
साथै कृपया कोषाध्यक्ष संग समन्वय गरेर यस विच भएका निर्वाचन, अदालत अन्य विषयमा भएका खर्चहरुको विवरण यथाशिघ्र उपलब्ध गराउन पनि अनुरोध गर्दछु । नयाँ कार्यसमितिको चयन नभए सम्म दैनिक सचिवालय चलाउनु पर्ने खर्च बाहेक अन्य खर्चहरु गर्नु परेमा आइएसको निर्णय लिएर मात्र गर्न हुन अनुरोध गर्दछु ।