अमेरिका । गिरीजा प्रसाद कोइराला (जिपि कोइराला) फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे साउथ एशियन फर अमेरिका न्यूयोर्क राज्यको निर्देशक पदमा मनोनित भएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति जो वाईडेन र उपराष्ट्रपति कमला ह्यारीसको चुनावि अभियानमा सक्रिय रहेको आधारमा सो नियुक्ति गरिएको घिमिरेको भनाइ छ । यस्तै जिपि कोइराला फाउन्डेशन मार्फत जुझारू र सशक्त टीम बनाई कोरोना कहरमा पुर्याएको योगदानले पनि उनलाई सो नियुक्ति पाउने आधार मिलेको हो ।
उपराष्ट्रपती कमला ह्यारीसकी राजनैतिक सल्लाहाकार हरिनी कृष्णनले साउथ एशियन फर अमेरिका न्यूयोर्क राज्यको निर्देशक पदमा मनोनित भएकोमा बधाइ दिएको पनि घिमिरेले बताएका छन् । ‘ कृष्णनले अमेरिकाको राष्ट्रीय निर्देशक नेहा देवानसँग सहकार्य गरि आगामी रणनीति एवं कार्यदिशामा सम्बद्ध सबैलाई समेटि सशक्त ढङ्गले अगाडि बढ्न निर्देशन दिनु भएको छ ।’ घिमिरेले भने ।
