बेलायतमा नेपालीका दुई सुन पसल लुटिए

Getting your Trinity Audio player ready...
|
लण्डन । बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन्।
नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।
स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरुले गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरुले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् ।
लुटपाटबाट के कति क्षति भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेरावन्दी गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बेलायतका विभिन्न क्षेत्रमा नेपालीका घरमा पनि बारम्बार गरगहना चोरी हुँदै आएको छ ।