जनसम्पर्क समिति अमेरिकालाई एक दिनको भाका राखेर डिसेम्वर ५ भित्र अधिवेशन गर्न कांग्रेसको पत्र

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति अमेरिकालाई एक दिन भित्र अधिवेशन गर्न अनौठो निर्देशन दिएको छ । ८ वर्ष यता अधिवेशन हुन नसकेको जनसम्पर्क समिति पार्टी केन्द्रले अनौठो निर्देशन दिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा डिसेम्वर ५ तारिक आइतवारमा अधिवेशन गर्न भनिएको छ । पत्र आज मात्र काटिएको हो । पत्रमा जनसम्पर्क समिति अमेरिकाको क्रियाशिल सदस्य स्वीकृत गरिएको उल्लेख छ । तीस सय ९५ नविकरण र दुई हजार ६६ नयाँ गरि जम्मा २४ सय ६१ क्रियाशिल सदस्य अमेरिकाबाट स्वीकृत भएका छन् ।
पत्रमा भनिएको छ,’नेपाली जनसम्पर्क समिति अमेरिकाले यही ५ डिसेम्वर २०२१ का दिन अधिवेशन गर्नका लागि गरेको प्रस्तावलाई अनुमोदन गरी, अधिवेशनका लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष श्री नारायणप्रसाद सुवेदीलाई तोकिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’ भनिएको छ ।
तर अधिवेशनको मिति तोक्नका लागि जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिको बैठकले निर्णय गरेकै छैन ।