नेपाली कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह के सी नै किन ?
बिष्णु सुवेदी
फाल्गुन २१ मा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फ २० गरि ३८ सीट सांसद सहित संसदमा छ ।
अहिलेको विषम परिस्थितिमा नेपालीको कांग्रेस संसदीय दलको नेताको हुन्छ भन्ने सबैमा चासोको विषय छ ।
मेरो विचारमा नेपाली कांग्रेस पार्टीमा लामो समय देखि काम गरेको पार्टीको सह महामन्त्री भई सकेको पटक पटक संसद र मन्त्री भई संसदीय अभ्यास र मुलुक कसरी अगाडी बढाउन सकिन्छ भन्ने लामो अनुभव बटुली सकेको । अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित र राम्रो सम्बन्ध रहेको । बिचार दिन र लिन सक्ने । संसदमा गएर आफ्ना भनाइहरू प्रष्ट रूपमा राख्न सक्ने परिपक्को संसदीय दलको नेता चाहिएको छ ।
संविधान ले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सांसद र समानुपातिक तवर बाट निर्वाचित सांसदमा कुनै भेदभाव गरेको छैन ।
मानिसलाई उमेरको आधारमा लेखा जोखा गर्नु उपयुक्त हुँदैन यदि पाको उमेरको नेतामा काम गर्ने इच्छा,जोस,जाँगर ,विचार लगनशील र भावना छ भने मानौँ उ युवा नै हो ।
म अमेरिका बसेको करिब पच्चीस वर्ष हुन लाग्यो यो मुलुकलाई सफल नेतृत्व प्रदान गरेका निवर्तमान राष्ट्रपति बाईडेनलाई हेर्नुहोस् उहाँ पनि ८२ वर्ष को हुनु हुन्थ्यो भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ८२ वर्ष को हुनु हुन्छ ।
हेर्नुहोस् उहाँमा काम गर्ने जोस जाँगर र हिम्मत २१ वर्षीय जवानको जस्तो छ । त्यसैले उमेरको आधारमा मूल्याङ्कन गरिनु हुँदैन । म भन्छु यी सबै गुणले सम्पन्न नेता नेपाली कांग्रेसले संसदीय दलको नेता बनाउनु प्रर्दछ ।
मेरो विचारमा अहिलेको संसद्को बनोट, संसदमा नेपाली कांग्रेस उपस्थिति लाई मध्यनजर राख्दै नेपाली कांग्रेस पार्टीले सोच विचार गरी सर्व सम्पन्न गुण ले सम्पन्न नेता अर्जुन नरसिंह के सी लाई संसदीय दलको नेता बनाउनु उपयुक्त हुन्छ र बनाउनु पर्दछ ।
यो मेरो बुझाइ र विचार हो । कतिपयले भन्ने गरेको सुनेको छु नेपाली कांग्रेसका सभापति गगन थापाका ससुरा भएकोले संसदीय दलको नेता बनाउन हुँदैन । जानकारीमा रहोस् गगन थापा सँग पारिवारिक सम्बन्ध हुनु अगाडी नै नेपाली कांग्रेसको केन्द्रीय स्थापित नेताको रूपमा पार्टी , देश र नेपाली जनतालाई सेवा गरि सक्नु भएको थियो अर्जुन नरसिंह केसीले ।
विगत ६० वर्ष देखि नेपाली कांग्रेस पार्टीमा काम गरी लामो इतिहास बनाएको नेतालाई नाता पर्दैमा कसरी अवमूल्यन गर्न सकिन्छ । नाता पर्दैमा सबै चीज छोड्नु पर्ने ?
यो कहाँको नियम हो सानो सोचाई बाट माथि उठ्नु ज़रूरी छ । म पुन दोहोराउन चाहन्छु अहिले नेपाली कांग्रेसको संसदमा उपस्थिति संसद र संख्यालाई लाई हेर्दा अर्जुननरसिंह केसी नै संसदीय दलको नेताका लागी उपयुक्त पात्र देखिनु हुन्छ ।
तसर्थ नेपाली कांग्रेस पार्टी र सांसद ले संसदीय दलको नेतामा सर्वसम्मत रूपमा पाका अनुभवी जोस जाँगर इच्छा शक्ति र काम गर्नै शैली हेर्दा जेन्जी देखिने अर्जुन नरसिंह के सी लाई संसदीय दलको नेता वनाओस ।
(सुबेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा विश्व सञ्जालका अध्यक्ष हुन्। )















