अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।
आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन् ।
त्यस क्रममा उनले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए ।
त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट्गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो ।
दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो ।
सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ ।
ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन् ।
दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ ।

















