भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
तेजन खड्का
झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरूले आफूहरू बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशील नागरिक भएको ठाउँ भएकाले यहाँ कोही पनि बहकिने मतदाता पनि नभएको बताए ।
आइतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग ओलीले भेटघाट शुरु गरेका हुन् । अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे ।
स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताए । अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरूले अझै केही समय विश्राम नलिई देश बनाउन उनलाई आग्रह गरे ।
अरूको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफूहरू कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गीय खम्बासिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी भए ।
ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको एमाले गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए ।
नेपाल न्युज बैक

















