सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला तीन लाख १८ हजार ८ सय
काठमाडौँ । नेपाली बजारमा आज ( बुधवार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
















