केपी ओलीले डेराबाटै दिए लिखित बयान
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन्।
यस अगाडि आफूले आयोगमा बयान नदिने अडान लिँदै आएका ओलीले आइतबार जाँचबुझ आयोगका कर्मचारी निवासमै आएपछि लिखित जवाफ दिएका हुन् ।
ओलीले आफ्नो निवासमै आयोगका पदाधिकारी आएमा चिया खुवाएर पठाउने बताउँदै आएका थिए ।
स्रोतका अनुसार आयोगका कर्मचारी लिखित प्रश्नहरू लिएर गुण्डुमै पुगे र ओलीले प्रश्नको लिखित जवाफ दिए ।
यद्यपि जवाफमा ओलीले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षता माथिको प्रश्न भने दोहोर्याएका छन्।
कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको उनको भनाइ छ ।
जेन–जी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन पूर्वप्रधानमन्त्रीलाई प्रश्नसहितको पत्र पठाएको थियो ।

















