पूर्व मन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश
0
काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।
पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।










