राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता सहमति
काठमाडौं । राप्रपा र राप्रपा नेपालबिच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।
राप्रपाको कार्यालय धुम्वाराहीमा बुधवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति गरेका छौँ । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’
सहमति पत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एक अर्कालाई अङ्कमाल गरेका थिए ।















