न्याय पाइसकेको छैन्, हिसाब मिलाउन बाँकी नै छ: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले न्याय पाइनसकेको बताएका छन्।
जिल्ला अदालत रुपन्देहीबाट शुक्रवार रिहा भए लगत्तै समर्थकहरूलाई संक्षिप्त सम्बोधन गर्दै उनले आफूलाई अनवरत साथ र समर्थन दिएकोमा आभार प्रकट गरे ।
उनले अहिलेका नेताहरूले देशलाई गरिरहेको अन्यायको तुलनामा आफूलाई गरेको अन्याय ठूलो नभएको टिप्पणी उनको छ ।
‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नु छ ।’ लामिछानेले भने, ‘हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ । सबैलाई यो माया, साथ विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद छ । मैले धेरै बोल्ने दिन आउँदै छ ।’
लामिछाने चितवन जाने
लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।
भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।
साथै चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधी ज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितीका लागि अनुरोध गरेको छ ।
पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।















