गगन थापाद्वारा कांग्रेस सभापतिको उम्मेदवारी घोषणा
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा थापाले अब आफू सभापतिमा चुनाव लड्ने बताएका हुन्।
यक्ष प्रश्नका प्रस्तोता निमेष बन्जाडेको प्रश्नमा थापाले सो घोषणा गरेका हुन्।
‘यस अगाडि पनि साथीहरूले यस्तो प्रश्न गर्नु हुन्थ्यो त्यो बेला महाधिवेशनको मिति नै घोषणा भएको थिइन अब ‘त्यसमा त कुनै डाउट नै भएन नि !’ थापाले भनेका छन्।
कांग्रेसले पुस अन्तिम साता महाधिवेशन गर्ने घोषणा गरेको छ। महाधिवेशनको मिति घोषणा पछि थापा पहिलो पटक टेलिभिजन अन्तर्वार्ता गएका हुन्।
‘म पन्ध्रौँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसङ्ख्यक साथीहरूले पन्ध्रौँ महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’ अन्तर्वार्ता थापाले भनेका छन्।








