रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौँ’
काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले एक अर्कासँग टुटेर नभई जुटेर काम गर्नुपर्ने बताएकी छन् ।
आइतबार रास्वपा सँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपा सँग एकता गरिएको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा मिल्नको लागि त्यति कठिन पनि होइन रहेछ भन्ने देखिएको छ । धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ । तर अवस्था त्यस्तो पनि होइन । टुटफुट झेलिसकेको भएर नै हामीले ठूलो पाठ सिक्यौँ । टुटेर होइन फुटेर हुन्छ आएका हौँ । अबको राजनीति जुटकै राजनीति हुनुपर्छ । बिलाउन होइन, मिलाउन गएका हौँ । टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनै पर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनै पर्छ ।’
वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ । उनले अब आउने निर्वाचनबाट रास्वपालाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ ।















