‘जेरी अन टप’ अक्टोबर २३ तारिख देखि अमेरिकाभर एक सय स्क्रिनमा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ बहुप्रतिक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अमेरिकाभर एकसाथ एक सय भन्दा बढी स्क्रिनमा प्रदर्शनमा आउने भएको छ। माया डिजिटलले जेरी अन टप फिल्मलाई अमेरिकामा मेगा-रिलिज गर्न लागेको हो।
माया डिजिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश दर्पण पोखरेलका अनुसार, ‘जेरी अन टप’ ले टेक्ससको युलिस स्थित सिनेपोलिस हलमा अक्टोबर २३ (कात्तिक ६) गतेदेखि प्रदर्शन सुरु गर्नेछ । अन्य सबै राज्यहरूमा भने अक्टोबर २४ (कात्तिक ७) गतेदेखि प्रदर्शन हुनेछ।
पोखरेलका अनुसार पेन्सिल्भेनियाको ह्यारिसबर्ग, पिट्सबर्ग र ऐरीमा गरि तीन शहरमा प्रदर्शन हुने छ। ह्यारिसबर्गको रिगलमा चलचित्र लाग्ने छ।
यो फिल्म अमेरिकाका प्रमुख थिएटर चेनहरू रिगल, सिनिमार्क , सिनेपोलिस , मार्कस र सिनेलाउन्जको हलहरूमा रिलिज हुँदैछ।
तिहारलाई लक्षित गर्दै गत साता देखि नेपालमा प्रदर्शनमा आएको ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ । चलचित्रले शुरुवाती तीन दिनमा दुई करोड माथिको व्यापार गरेको छ । तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले उक्त चलचित्र अवलोकन गरेको चलचित्र निर्माताको भनाइ छ।
जेरी अन टपमा अनमोल केसी सँगै उनका पिता अभिनेता भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपाने प्रस्तुत कर्ता रहेको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गरेका हुन् ।
निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायाङ्कन गरेको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।
अमेरिकाका मुख्य राज्यहरू र थिएटरहरूमा प्रदर्शन सूची:
• टेक्सस (Texas – TX)
• नर्थइस्ट मल १८ + XD (Northeast Mall 18 + XD) – हर्ष्ट (Hurst)
• सिनिमार्क १४ (Cinemark 14) – राउन्ड रक (Round Rock)
• सिनेपोलिस (Cinepolis) – युलेस (Euless)
• क्यालिफोर्निया (California – CA)
• रिचमन्ड हिलटप १६ (Richmond Hilltop 16) – रिचमन्ड (Richmond)
• फोलसोम १४ (Folsom 14) – फोलसोम (Folsom)
• सिने लाउन्ज थिएटर्स (Cine Lounge Theaters) – फ्रेमोन्ट (FREMONT)
• ओहायो (Ohio – OH)
• भ्याली भ्यू २४ + XD (Valley View 24 + XD) – भ्याली भ्यू (Valley View)
• मिलफोर्ड १६ (Milford 16) – मिलफोर्ड (Milford)
• कुयाहोगा फल्स + XD (Cuyahoga Falls + XD) – कुयाहोगा फल्स (Cuyahoga Falls)
• पेन्सिलभेनिया (Pennsylvania – PA)
• टिन्सेलटाउन १७ (Tinseltown 17) – एरी (Erie)
• सिनिमार्क मोनरोभिल मल १२ & XD (Cinemark Monroeville Mall 12 & XD) – मोनरोभिल (Monroeville)
• न्युयोर्क (New York – NY)
• टिन्सेलटाउन १६ + IMAX (Tinseltown 16 + IMAX) – रोचेस्टर (Rochester)
• नर्थ क्यारोलाइना (North Carolina – NC)
• सिनिमार्क मुभी बिस्ट्रो (Cinemark Movie Bistro) – शार्लोट (Charlotte)
• सिनिमार्क रालेग ग्रान्ड (Cinemark Raleigh Grand) – रालेग (Raleigh)
• केन्टकी (Kentucky – KY)
• सिनिमार्क टिन्सेलटाउन + XD (Cinemark Tinseltown + XD) – लुइसभिल (Louisville)
• सिनिमार्क फयेटे मल १६ + XD (Cinemark Fayette Mall 16 + XD) – लेक्सिङ्टन (Lexington)
• वाशिङ्टन (Washington – WA)
• सेन्चुरी सी ट्याक मल १६ + XD (Century Sea Tac Mall 16 + XD) – फेडरल वे (Federal Way)
• इलिनोइ (Illinois – IL)
• सिने लाउन्ज थिएटर्स (Cine Lounge Theaters) – नाइल्स (NILES)
* Denver ( CO ) by Koseli Colorado















