तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं : गगन थापा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका तीन प्रमुख नेतालाई विदाई र संवादको नयाँ वातावरण प्रारम्भ गर्न प्रस्ताव गरेका छन्।
उनले आइतवार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन्। थापाले पछिल्लो दशक नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तालाई म्युजिकल चेयरजत्तिकै बनाएको र अहिलेको समस्या निम्तिएको बताएका छन् ।
थापाले भ्रष्टाचारलाई फाल्नुपर्ने पनि बताएका छन् ।
‘थुप्रै काण्डहरू दबाइएको छ । राजनीतिक दबाबका आधारमा, प्रभावका आधारमा यी सबैमाथि छानबिन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ। जसले खाएको विष छ उसलाई लाग्नु पर्छ। नखाएकोलाई लाग्नु हुँदैन । हामी पनि त्यही चाहन्छौँ । नखाएको विषको भारी हामी किन बोक्ने ?’ थापाले प्रश्न गरेका छन्।
थापाको भिडियो सन्देशको पूर्ण पाठ
त्यहि दिन अघि चावहिलमा एकजना साथीले मलाई भेटेर २०७२ देखि २०८२ सालको सरकारको बारेमा एउटा रोचक तरिकाले एउटा कुरा भन्नुभयो। २०७२ सालको संविधान बनिसकेपछि ओली र प्रचण्ड बीचमा सरकार बनाउनुभयो। केहि समय पछाडी प्रचण्डलाई देउवाले कोसेली लिएर जानुभयो। देउवा र प्रचण्डको सरकार थियो। सरकारमा बस्दा पछि प्रचण्ड ओलीसँग गएर मिल्नुभयो।
ओली र प्रचण्ड मिलेर नयाँ पार्टी बनाउनुभयो। एउटै जहाजका दुइटा पाइलट भनेर भन्नुभयो। फेरी प्रचण्डलाई ओलीले सडकमा पुर्याइदिनुभयो। प्रचण्ड देउवा मिल्नुभयो। प्रचण्ड र देउवा मिलेर सरकार बनाउनुभयो। आलोपालो गरेर देउवा र प्रचण्ड सँगै बसेर चुनाव लड्नुभयो। चुनाव जित्नुको नि भयो। तर प्रचण्ड फेरि ओलीसँग गएर मिल्नुभयो।
ओली र प्रचण्ड मिल्ला मिल्दै देउवा छिर्नुभयो। देउवाले ओलीलाई आउट गर्नुभयो। अब देउवा र प्रचण्ड को सरकार चलाउनुभयो। फेरि ओली आउनुभयो। ओली र देउवालाई आउट गर्नुभयो। फेरि के समय पछाडि ओली र प्रचण्डलाई आउट गर्नुभयो। ओली र देउवा मिलेर सरकार चलाउनुभयो।
२०८२ भाद्र २३ गते ओली र देउवा मिलेर सरकार भनेको थियो। त्यो सरकार पनि कति समय चल्छ थाहा थिएन। फेरि ओलीले देउवा आउट गरेर प्रचण्डलाई इन गर्नुहुन्थ्यो वा प्रचण्ड ओलीसँग मिल्नुहुन्थ्यो थाहा छैन।
उनले फेरि अब संगसँगै के पनि भने भने मैले यसमा नेपाली कांग्रेस, एमाले, माओवादी किन भनिरहेको छैन भने तपाईंहरु त एकदमै निरंकुश मैले तपाईंलाई अन्तरवार्ता सुन्थे। धेरै चोटी तपाईंहरुले सरकार पत्रिकामा बनिसकेपछि थाहा पाउनुहुन्छ। त्यसैले यो पार्टीको कुरा पनि थिएन। यो ओली देउवा र प्रचण्डको बीचको म्युजिकल सेयर एक अर्काको बीचमा घुमिरहेको घुमिरहेको यथार्थ यही थियो। १० वर्ष यसैगरी बितेको थियो। आजको यो समस्याको एउटा मेजर कारण भनेको यही हो। चुरो भनेको यही हो। अझै पनि तपाईंहरु चेन्नुहुन्न । अझै पनि उहाँहरुले बिदा लिनु पर्दैन। अझै पनि तपाईंले उहाँलाई हटाउनु पर्दैन।
म सुन्छु तपाईंहरु अहिले पनि कोही अधिवेशन कोही विस्तृत अधिवेशन यसरी टेक्निकल कुरा गरिराख्नु भएको छ। म चावहिलमा बस्छु। लगातार तपाईलाई तिनटा पार्टी तिनटा चुनावमा तपाईको पार्टीलाई मैले भोट हालेको छु लोकल इलेक्सनमा भोट हालेको छु मेरो बुवा आमाले छुट्टै नेपाली कांग्रेसलाई भोट हाल्नुहुन्छ तर मेरो केहि हुदैन कांग्रेसमा तपाईहरु केहि मान्छे मेम्बर्सहरु मात्र बसेर कांग्रेसको बारेमा मेम्बर्स बसेर एमाले माओवादीको बारेमा निर्णय गर्ने।
तपाईहरु सुन्न मात्र अधिकार छ भोट चाहिँ हामी सबैले हाल्न पर्ने उमेर नै तपाईहरु केहि मान्छे मुक्ति भर मानिसहरु बसेर गर्ने आज बिग्रेको कुरा यही कारणले गर्दा हो । मलाई यो कुरा छोयो र त्यो कुरा तपाईहरुलाई मलाई किन सेयर गर्न नपाएको भने खासगरी कांग्रेस एमाले माओवादीको साथीहरु हामीले ख्याल गर्नु पर्ने कांग्रेस २७ लाख भोट ल्यायो, एमालेले २८ लाख भोट ल्यायो, माओवादीले ११ लाख भोट ल्यायो।
तर हामी अहिले हाम्रो पार्टी बिचमा छलफल गर्दा गर्दा हामी लिमिटेड केही हजार केही केही साथीहरु बसेर केही सय साथीहरु बसेर कुराकानी गरिरहेका छौ। आम मान्छेको कुरा छोड। कांग्रेस, एमाले, माओवादी हामीलाई भोट हाल्ने मतदाताको बीचमा हामी अहिले गएर सोध्यौ भने कुनै मेथडबाट हामी सोध्यौ भने यति कुरा हामी दावाका साथ ठोकेर भन्न सक्छौ।
हाम्रै मतदाताले हामीलाई के भन्छन् तिम्रो आफ्नो पार्टीको टाउको तिमीले हटाउ। उहाँहरुलाई विश्राम लिन लगाउ। यसको बारेमा कुनै दुविधा छ? छैन। तर हामी के गरिरहेका छौ? हामी टेक्निकल कुरा देखाएर र उहाँहरु पनि हट्न चाहिँ राख्नु भएको छैन। हामीले पनि हटाउन सकिरहेका छैनौ।
मैले यो भन्दै गर्दा कति साथीले मलाई के भन्नुहुन्छ भने भाद्र २२ गते त तपाईँ सँगै काम गरिराख्नु भएको थियो।
थियौ।
हामीले बदल्न चाह्यौ तर सकेनौ।
हामीले त्यसलाई नियम भित्र बाँधिएको थियौ। नियमलाई हामीले मान्यौ। तर २३ र २४ गते भित्र नियम बाँकी छ अब।
संसद निर्वाचित भएर आएको संसद संसदले बनाएको सरकार बाँकी छ। भाद्र २५ गते पछाडिको र भाद्र २२ गते अगाडिको नेपाल एउटै हो। यो मेसेज हामीले बुझ्नु पर्छ कि पर्दैन? कति साथी मलाई के भनिराख्नु भएको छ भने यत्रो सभापतिलाई पर्दै गर्दा इम्प्याथी राख्नु पर्दैन? इम्प्याथी छैन। इम्प्याथी नहुने कुरा हुन्छ।
मैले र विश्वप्रकाश शर्माले भाद्र २५ गते सबैभन्दा पहिला सभापति माथि आक्रमणको भत्सना गर्दै बक्तव्य निकाले।
त्यो कर्तव्य थियो तर कर्तव्य बोध को कुराले मात्र होइन। हामीलाई फिल भएको कुरा पनि किनकि हामी सभापति माथि मात्र होइन कसै माथि पनि भौतिक आक्रमण गर्ने कुरा हातपात गर्ने कुरा यो अस्वीकार्य हुन्छ भन्ने मान्छौ। त्यसमाथि पनि हामीले फिल नगर्ने कुरा हुन्छ। हामी आफै त्यही त्यही दिन त्यही घटनाबाट जोगिएको होइन। हामी आफै माथि पनि हामी त बालबाल बाँचेको नै हो हातपातबाट।
हामी पनि त्यही कुटपिट हातपातको त्यही त्यही अपमान सहेरै आएको स्थिति बनेको हो।
त्यसैले हामी आफ्नो नेताहरुलाई सम्मान पनि गरौं तर सँगसँगै कांग्रेस एमाले माओवादीका सबै साथीहरुलाई म अपिल गर्छु हामीले आफ्ना तिनटै नेताहरुलाई हामीले बदलौ भन्नुपर्छ तपाईहरुले अब नो मोर इफ बट के पनि भएन तपाईहरुले छाड्नु पर्छ तपाईहरु घर बस्नु पर्छ अब तपाईहरु बिना हामीले यो पार्टी चलाउछौं भनेर हामीले भन्नुपर्छ यसो गर्न सक्ने भने मात्र हाम्रो पार्टी आम मानिसहरुसँग कुरा गर्न सक्छ किनकि हामीले अब कुरा गर्नुपर्छ हामीले सम्हाल्नु पर्ने छ।
नेतृत्व बदल्न साथ सबै बदलिन्छ भन्ने होइन।
नेतृत्व पछाडि पार्टीको संस्कृति बदल्नु छ, गति बदल्नु छ, मति बदल्नु छ। तर त्यो सबैको लागि बाटो कतिखेर खुल्छ? जतिखेर हामीले नेतृत्व बदल्यो भने बाटो खुल्छ। छोड्न पर्यो हामीले पनि छोडौला। हामी अनुपयुक्त भए हामीले पनि छोडौला। अरु नयाँ आएर चलाउला। तर कम्तिमा सुधारको त्यो ठाउँ हामीले प्रारम्भ गर्नै पर्छ। नभए देखि हामी आजको दिनमा अरुसँग संवाद गर्न सक्दैनौ। हामीले संवाद गर्नुपर्ने छ।
म यो सुधार गर्छु भन्ने विश्वास राखेर र गर्छौं भन्ने विश्वास दिलाएर म यही सम्झौतामा खास गरिकन जेएनजे आन्दोलन पछाडि यसको अगुवाई गरिराख्नु भएको साथीहरुलाई पनि केहि कुरा अनुरोध गर्न चाहन्छु। भाद्र २३ २४ गते हामीले ७४ जना साथीहरुलाई घुमाएका छौ। सयौ साथीहरु अहिले पनि घाइते हुनुहुन्छ। उहाँहरुको मान कतिखेर रहन्छ? हामीले अब गर्ने कामको आधारमा रहन्छ। हामीले यसलाई सम्हाल्न सक्दैनौ थप हिंसाको चक्रमा नेपाल पर्यो खेर जान्छ। हामीले इलेक्सन मात्र गर्यौ केहि पनि कुरा सुधार गरेनौ। त्यो अर्थमा पनि खेर जान्छ।
तपाईहरुलाई चाहनुहुन्छ यो बेलामा शान्ति पनि रहोस् तर सँगसँगै थुप्रै कुराहरु बदलियोस्, भ्रष्टाचार मुक्त होस्, सुशासन होस्। हामी पनि त्यहि चाहन्छौ। त्यसैले तपाईं र हाम्रो बीचमा अब संवाद गर्न आवश्यक छ। म संवाद तपाईंलाई आग्रह गर्छु। तपाईंहरु चाहनुहुन्छ इलेक्सन होस्, हामी पनि चाहन्छौं इलेक्सन हुनै पर्छ। इलेक्सनको निम्ति वातावरण बनाउनका निम्ति हामी सरकारलाई पनि अनुरोध गर्न चाहन्छौं। कुनै उत्तेजना बढाउने काम नगर्दिनुस्। हामी पार्टीहरुले पनि गर्नु हुन्न हामी गर्दैनौं।
भाद्र २३ र भाद्र २४ गतेको घटनामा भएका दोषीहरुले कारबाही हुनै पर्छ सजाय पाउनै पर्छ । तर त्यसलाई कानुनको फ्रेमवर्क भित्र राखेर विधिको शासनलाई मानेर गर्नु पर्छ होइन भने यसकै आधारमा बदनियत राख्ने हरुले स्थितिलाई थप भड्काइदिन्छन।
इलेक्सनको परिणाम के हुन्छ केहि चिन्ता नगरौं जे सुकै होला हारौला नि त के भयो र केहि फरक पर्दैन को जित्ने को हार्ने को हार्ने तर इलेक्सन गर्नु पर्ने छ तर इलेक्सन गरेर मात्र पुग्दैन तपाईंले आफुले भन्नुभएको कन्स्टिट्युसनमा काम गर्नु पर्ने छ। यो इलेक्सन पछाडिको संसदले सिस्टममा काम गर्नु पर्ने छ। त्यसका निम्ति पनि हामी संवाद गर्नु पर्ने छ।
मैले दुईटा संविधान सभामा काम गरे। पहिलो संविधान सभाको बेलामा मैले राखेका मतहरु दोस्रो संविधान सभामा मैले कति बाट आफै ब्याक भए किनकि मैले आफैले के रियलाइज गरे भने बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसास्कृतिक विविधता भएको यो देशमा मेरो सोचाइले मात्र हुँदो रहेनछ। कतिपय कुरामा कम्प्रोमाइज गर्नु पर्ने रहेछ। त्यसको अर्थ के यो कन्स्टिट्युसनमा केहि चलाउनु पर्ने छैन? एकदमै धेरै कुरा चलाउनु पर्ने छ। तपाईंहरुले भन्नुभएको जस्तै इलेक्सन सिस्टममा काम गर्नु पर्ने छ। तपाईंहरुले भनेको शासककै स्वरुपमा काम गर्नु पर्ने छ।
तपाईंहरुले तपाईंहरुले अहिले कुरा विषय उठाउनु भएको जस्तै कतिपय अरु विषयहरुमा हाम्रो संस्थाहरुलाई पवित्र कसरी राख्ने थुप्रै विषयहरुमा काम गर्नु पर्नेछ। तपाई र हामी मिलेर गर्नु पर्नेछ। त्यसका लागि पनि त संवाद गर्नु पर्नेछ। करप्सनलाई सबैबाट फाल्नु पर्नेछ। थुप्रै काण्डहरु दबाइएको छ राजनीतिक दबाबका आधारमा प्रभावका आधारमा यी सबै माथि छानबिन गर्नु पर्छ अनुसन्धान गर्नु पर्छ।
जसले खाएको विष छ उसलाई लाग्नु पर्छ नखाएकोलाई लाग्नु पर्छ हामी पनि त्यहि चाहन्छौ नखाएको विषको भारी हामी किन बोक्ने कतिपय स्ट्रक्चरल कुराहरु पनि छ हाम्रो जुन खालको इकोनोमी छ जुन खालको हाम्रो राजनीतिक संस्कार छ यसका बीचमा हाम्रो संरचनाहरु कसरी बनाउने? हाम्रो नीति नियमहरु के छ कति के के कुरा बदल्ने? यो सबै कुराहरुमा तपाईं हामी सँगै बसेर काम गर्नुपर्ने छ। अनि मात्र हामी यसलाई सम्हाल्न सक्छौं। हामीले यसलाई सम्हाल्यौं भने मात्रै भाद्र २३ र २४ गते दिएको सहादतको यसको अर्थ हुन्छ। त्यसैले म तपाईंहरुलाई अपिल गर्न चाहन्छु।
आउनुस् बसौं। छलफल गरौं। संवाद गरौं।
हाम्रो कोही पनि दुश्मन छैन। हामी सबै तपाईं हामी सबैको साझा दुश्मन भनेको बेरोजगारी हो, गरिबी हो, भ्रष्टाचार हो। यी हाम्रो दुश्मनहरु हुन्। यसलाई परास्त कसरी गर्ने? मिलेर हामीले काम गर्नु पर्ने छ। तत्कालका विषयहरु छन्। हाम्रो प्राइभेट सेक्टरले हाम्रो आफ्नो पूरा आत्मविश्वास दबाउन लागेको छ। सेक्टर कति सेक्टरहरु छन्?
टुरिजमको सेक्टर छ, स्मल इन्डस्ट्रिज छ।
हामीले त्यहाँ त्यहाँ आत्मविश्वास गुमाएको छ। त्यत्रो ठूलो रिकन्स्ट्रक्सन गर्नु पर्ने छ। पैसा कहाँबाट ल्याउ? पैसाको जोहो कसले गर्ने? यो बाहेक अरु पनि छन्।
हाम्रो हाम्रो समाजमा भाद्र २२ गते अगाडि नै रहेका मुद्दाहरु पनि त थिए। बेरोजगारीको मुद्दा थियो। यत्रो ठूलो जलवायु संकटको मुद्दा थियो। यत्रो धेरै नेपाल भित्रको अरु अरु अर्थराजनीतिक विषयको थिए।
ति विषयहरुमा पनि त हामीले छलफल बसेर छलफल गर्नु पर्ने छ। ति विषयहरुबाट पनि त हामीले उपायहरु निकाल्नु पर्ने छ। कतिपय कुरा अहिले गर्न सकिएला। कतिपय कुराहरु छलफल गर्दै गर्दै जादै गर्दा नयाँ आउने सरकारहरुले गर्ला।
हाम्रो राजनीतिक संस्कार कसरी बदल्ने? हाम्रो राजनीतिक दलहरुलाई हिजोको जस्तो नगर्ने कसरी बनाउने? नयाँ दलहरु होइन, पुरानो दलहरु होइन, नयाँ राजनीतिक संस्कृति निर्माण कसरी गर्ने? यी विषयहरुमा हामी बसेर संवाद गर्नु पर्ने छ। तपाईं र हाम्रो बीचमा अब संवाद आवश्यक छ। नभए देखि बदनियत राख्नेहरुले उत्तेजना फैलाएर स्थितिलाई झन डामाडोलो बनाउन सक्छ।
हामी सरकारलाई पनि यो कुरा भनिरहेका छौं। सरकारलाई पनि हामी मद्दत गर्छौं। सरकारसँग हामी सँगै बसेर काम गर्न चाहन्छौं। किनकि हामी सबैले के महसुस गरिरहेका छौं भने थुप्रै देशहरुमा स्थिति सम्हाल्न नसक्दै गर्दा डामाडोल भयो।
हामीलाई स्पेस बाँकी छ। कन्स्टिट्युसन छ। हामीसँग लोकतान्त्रिक गणतन्त्र छ। हामीसँग संस्थाहरु छन्।
हामी अलिकति तरिका पुर्याएर काम गर्यो भने हाम्रो यत्रो लसका बावजुद हामी सम्हाल्न सक्छौं र लामो समय देखि जुन सुधार हुन नसकेर सकस भएको थियो। उकुशमुकु भएको थियो।
त्यो उकुसमुकुस बाट समाजलाई बाहिर निकाल्ने एउटा अवसर हामी छ। सबैले प्राप्त गर्न सक्छौ। त्यसैले हामी दल भित्र छौ। अहिलेको लागि हामी प्राथमिकता लिएर दल सुधारलाई कसरी टुंगोमा पुर्याउन सकिन्छ भनेर काम गरेका छौ। तपाईहरु अहिले बनेको सरकारलाई सफल कसरी बनाउन सकिन्छ भन्ने काम गर्दै आफ्नो भएको छ।
तपाई र हाम्रो बीचमा हामीले आफ्नो दलको काम गर्यौ।
तपाईहरुले आफ्नो काम गर्दै जानुभयो। हाम्रो बीचमा संवाद हुँदैन। हामी आफ्नो ठाउँमा बसौ। तर हाम्रो बीचमा संवाद हुँदै जाँदै गर्दा खेरि हामी भाद्र २३ गते खास गरी सहादत दिने तन्नेरीहरुको सहादत खेर नजाने स्थिति बनाउन सक्छौ।
यसका लागि दलमा हुनेले दल भित्र बसेर काम गरौ। सरकारमा बसेका साथीहरुले सरकारका कारवाही ठीक ढंगले काम गरौ। जेनजी आंदोलनको यसको पछि आंदोलन पछाड़ी अगुवाई गरि राख्नु भएका साथीहरुले खुला हृदय राखेर सही ढंगले काम गर्यौ भने हामी नेपाल बनाउन सक्छौ।