कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरी सारियो
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् ।
शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात् उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाउँमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारेको बताए ।
उनले भने, ‘भोली २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौँ । त्यसलाई दुहिदिन पछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरू हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ । त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुँदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाउँमा पुग्न सकौँ र राजनीतिक मुद्धाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौँ भनेर दुई दिनको लागि बैठक सारेको हो ।’
यस्तै, उनले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए ।








