जेनजी र राष्ट्रपति पौडेलबिचको बैठक सर्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरू छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन्।
शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरूले शीतल निवास बाहिर प्रदर्शन गरेका थिए ।
जेनजीसँग आज बैठक बस्ने भनिए पनि विवादपछि बैठक सारिएको छ ।
स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।