प्रहरीले बुझ्यो ओली र लेखकविरुद्ध आएको जाहेरी, पठायो जाँचबुझ आयोग
काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलनबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको हो ।
यस अगाडि सोमबार प्रहरीले उजुरी लिन मानेको थिएन।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर आयोगमा पठाएको जनाएको छ।
‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।















