सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँको समापन भएको छ ।
समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो ।
समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।


तस्बिर : बिजेन अमात्य ,नेपाल न्यूज बैंक