पार्टी कार्यालय पेरिस डाँडा पुगे प्रचण्ड, चाँडै नयाँ भवन निर्माण गरिने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
मंगलबार पेरिसडाँडामा उपस्थित भई अध्यक्ष प्रचण्डले पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीका देश तथा विदेशमा रहेका सदस्यहरूको सहयोगमा अब छिट्टै नयाँ भवन बनाउने बताए।
साथै उनले माइन्युटहरु, केही कम्प्युटर र लाइबेरीहरु बचेको बताउँदै त्यो बचाउन भूमिका खेल्नेहरुरूलाई धन्यवाद दिए ।
उनले भने, ‘पार्टी कार्यालयमा ठूलो क्षति भएको देख्यौँ । पार्टीको माइन्युटहरु, केही कम्प्युटर र लाइबेरी पनि बचेको रहेछ । त्यो बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिन्छु । अहिले सफाइ कार्यक्रममा युवाहरू सहभागी हुनुभएको छ । दुई दिनमै सफाइलाई एक स्तरमा पुराइसक्नुभएको रहेछ । अब पार्टीको नयाँ कार्यालय भवनका लागि सिङ्गो पार्टीपंक्ति, देश भित्र र बाहिरको साथीहरूको सहयोगमा बनाइने छ ।’








