राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्।
नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा आजै (भदौ २७ गते) राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको हो।
साथै फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ ।
















