‘भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कूटनीतिक छलफल भएको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको जानकारी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्का कूटनीतिक छलफल भएको बताएका हुन् ।
उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ।’
ओलीले भनेका छन्, ‘ उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।’