इरान र इजरायल बिच एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

काठमाडौं । इरान र इजरायले शनिबार राति पनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।
यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबिच युद्ध चर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुई मुलुक बिच जारी युद्धमा परी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबिच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।
इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् । दुवै मुलुकबिच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले सम्म जारी छ ।
दुई मुलुक चिको भीषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।