८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा
|
Getting your Trinity Audio player ready...
|
इटहरी । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार इटहरी आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन् ।
कांग्रेसमा ८४ को चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडा देखी केन्द्र सम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने शर्माले बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु ।’
उनले थप भने, ‘जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङगाउनुस् र हामीले भनेका पनि छौ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशील चैँ नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुँदैन ।’
महामन्त्रीले क्रियाशील सदस्यताको काम चाँडै सक्न पनि अनुरोध गरे।
‘निर्धारित समय भित्र क्रियाशील सदस्यता नवीकरणको कामलाई व्यवस्थित गरौँ । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरू तयार भए हुन्छ । आगामी ८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नयाँ नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ ।’








