चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च
|
Getting your Trinity Audio player ready...
|
बेइजिङ / चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड हवाई यात्रुले यात्रा गरेको अनुमान गरिएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सिएएसि) ले जनाएको छ।
सिएएसि अधिकारी जू मिङ्सिआङको अनुसार, यो सङ्ख्या १८ प्रतिशतले वार्षिक वृद्धि भएको हो ।
हवाई क्षेत्रले सन् २०२४ मा १३.८१ मिलियन उडान घण्टा तथा ५.३९ मिलियन उडानहरू गर्ने अनुमान गरिएको थियो, जुन क्रमशः १३.१ प्रतिशत र ९.५ प्रतिशतले वार्षिक रूपमा बढेको छ ।
चीनको नागरिक उड्डयन क्षेत्रले सन् २०२४ मा कुनै पनि हवाई दुर्घटनाको नभएको जनाएको छ । सिएएसिले आगामी वसन्त चाड यात्राको लागि विशेष सुरक्षा निरीक्षण गर्न, सुरक्षा जोखिमहरू रोक्न, आपतकालीन प्रतिक्रिया दक्षता सुधार गर्न काम गरेको पनि बताए ।
सिएएसि अनुसार, जनवरी १४ देखि फेब्रुअरी २२ सम्म चल्ने सन् २०२५ वसन्त चाड यात्रा सिजनमा चीनको नागरिक उड्डयन क्षेत्रले करिब ९० लाखयात्रु यात्राहरू गर्ने अपेक्षा गरिएको छ ।
(रासस/सिन्ह्वा)








