प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
पूर्व राष्ट्रपति भण्डारी पुन राजनीतिमा सक्रिय हुने चर्चा भइरहेको बेला यो भेट भएको हो।












