‘भीम रावलका आरोपहरु अत्यन्तै तल्लो स्तरका छन्’
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले नेकपा एमाले लक्षित गरेको टीका टिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताएका छन्।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नकरात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको बताए ।
उनले भने, ‘भीम रावलले गर्नु भएको पत्रकार सम्मेलन नेकपा एमाले लक्षित उहाँको टिका टिप्पणीहरुका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनु पर्ने विषय पनि होइन । किनभने, नकरात्मकता, विरोध, आवेग र कुन्ठाले देश बन्ने भए धेरै अगाडि बनि सक्ने थियो । आरोपहरु अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुन्ठा मात्र व्यक्त भएको छ ।’
त्यस्तै बैठकमा एमाले–कांग्रेस गठबन्धन सरकारले संचालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उनले बताए । त्यस्तै नेपाली राजनीतिमाथि भइरहेको बाहिरी प्रभावका विषयमा छलफल भएको सुनाए ।








