नयाँ वर्ष उपहार : युवराज चौलागाईं र अनुस्का पाठकको ‘शिरफुले माया’
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ नयाँ वर्षको अवसरमा युवराज चौलागाईं र अनुस्का पाठकको स्वरमा ‘शिरफुले माया’ बजारमा आएको छ।
जनवरी एक तारिख युट्युब मार्फत सार्वजनिक म्युजिक भिडियोमा अभिनय पनि चौलागाई रहेका छन्। लोक भाका रहेको म्युजिक भिडियोमा प्रभातपाल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशीला थापा र अनुष्का पाठकको पनि अभिनय रहेको छ ।
नेपाली गीत शिरफुले माया राजकुमार बगरले लेखेका हुन्। संगीत पनि बगरले नै दिएका छन्।
संगीत संयोजक कमल सौराग रहेका छन्। यस्तै मादलमा मेघराज लुङ्गेली बेस गिटारमा अनुप दास रिदम गिटार र मेन्डोलिनमा सञ्जीव बराइली रहेका छन्।
निर्देशनमा शान थापा रहेको म्युजिक भिडियोको कोरियोग्राफर राजीव समर हुन्। सहायक कोरियोग्राफरमा रोशन विश्वकर्मा, सिनेम्याटोग्राफर बुद्ध थापा, सम्पादन विवेक सुनार, रंग सुप्रिम पराजुली, मेकअपमा प्रिया कार्की, प्रोडोक्सन व्यवस्थापकमा विशाल कार्की रहेका छन्।








