पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

Getting your Trinity Audio player ready...
|
काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भएको हो ।
अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डौले जानकारी दिएको छ ।
सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राखेर नेपाल फिर्ता पठाएको थियो ।
मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गएकोमा फिर्ता भएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको पत्र पाप्त हुनासाथ उनको रिहाइ हुने बताइएको छ ।
अधिकारी गएको कात्तिक २५ गते पक्राउ परेका थिए ।