फोहोर गरेको निहुँमा एमालेलाई काठमाडौं महानगरको १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
काठमाडौं महानगर पालिकाले सत्तारुढ दल नेकपा एमालेले दरबारमार्गस्थित खुला सडकमा शुक्रबार जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको हो ।
सामाजिक सञ्जालमा भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेलाई १ लाख रुपैयाँ जरिवाना तोकेको रुपमा प्रचार भइरहेको छ ।
काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’














मेयर बालेनमाथि सामाजिक सञ्जालमै खनिए एमाले महासचिव पोख्रेल
November 23, 2024 @ 12:01 am
[…] जरिवाना […]