बडा दसैं सुरु

Getting your Trinity Audio player ready...
|
बडादसैँको उत्सव आज घटस्थापना सँगै सुरु भएको छ।
यस पर्वलाई प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसाथ मनाइन्छ।
आजको दिन, घरघरमा विधिपूर्वक दियो, कलश, र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
पूजाकोठा वा दसैँघरमा शक्तिकी देवी दुर्गाको आह्वान गरेर पूजा आरम्भ गर्ने परंपरा छ। यस दिन, नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको स्थानमा यव अर्थात् जौँ रोपिन्छ।
यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव दुर्गादेवीको प्रिय वस्तु मानिन्छ, र यसैकारण, आज यव रोपण गरेर दुर्गालाई चढाइन्छ, जसले विजयादशमीको दिन टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्नका लागि महत्त्व राख्छ।
जमारामा जौँ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको जानकारी प्रा. डा. रामचन्द्र गौतमले दिएका छन्। आजको दिनमा विधिपूर्वक घडा स्थापना गरी दुर्गाको पूजाआराधना गरिन्छ, र यसैले आजको दिनलाई घटस्थापना पनि भनिन्छ। आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको छ।