रिमाल र खतिवडा प्रधानमन्त्रीको सचिवालयमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको महत्वपूर्ण २ पदमा नियुक्त गरेका छन् । ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।
त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पूर्व अर्थमन्त्री हुन् । सचिवालयमा अन्य व्यक्ति भने अझैं नियुक्त गरेका छैनन् ।