वर्षातमा रात्रीकालिन सवारी चलाउन रोक लगाइने

काठमाडौं । मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रीकालीन सवारी चलाउन रोक लगाइने भएको छ ।
शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसंगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
त्यस्तो व्यवस्था यातायात व्यवस्था बिभाग र यातायात व्यवसायीहरुले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सदनमा जानकारी गराए ।
उहाले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए ।
सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानले बताए ।
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १०३ जनाको मृत्यु
ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए ।
उहाले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए ।