ओलीले भने : गिरीबन्धु बारे बालेनलाई सोध्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।
सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।
गिरिबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’
ओलीलाई बालेनको चेतावनी : गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !
सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए । बालेनले ओलीलाई गिरिबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पिडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।