मिटरव्याज पीडितले चाँडै न्याय पाउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजी पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरुमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए ।
मिटरव्याज पीडितको समस्या समाधान गर्ने क्रममा सरकारका काम कारबाही प्रति उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘फागुन १६ गतेसम्म २ हजार ९ सय ८४ वटा उजुरी आपसी मेलमिलापबाट फछ्यौट भएका छन् । मेलमिलापबाट फछ्यौट गराउन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अबको केही समयमै सबै उजुरी फछ्यौट भैसक्ने विस्वास सरकारको छ।’ साथै उनले २३ दिन हिँडेर न्याय माग्दै काठमाडौंको











