भ्रष्टाचारकाण्डमा मुछिएपछि भीम उपाध्यायको यस्तो प्रतिक्रिया
काठमाडौं । मेलम्ची परियोजनामा भ्रष्टाचार गरेको भन्दै विशेष अदातलमा मुद्दा परेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो हकमा उक्त मुद्दामा रौँ बराबरको पनि दम नभएको बताएका हुन् ।
उनले आफू ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको भन्दै त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष भएको बताएका छन्।
‘म ३ करोड नेपालीका सामू ढुक्क संग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैया कुनै बेला दिएको छन् भने भनून्। मिटिंगमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन’, उनले लेखेका छन् ।














