अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ / नेपाल प्रहरीले अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्का हुन्।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ति महिला माथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















