मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ : कार्यवाहक प्रधानमन्त्री

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले मुलुक नेपाली कांग्रेसकै नीति अनुसार चलेको दाबी गरेका छन्।
कांग्रेसका उपसभापति तथा रक्षा मन्त्री समेत रहेका खड्काले कांग्रेस जिल्ला कार्य समितिले नवलपरासीले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।
उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरू थप ठुलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिँदै निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठुलो पंक्तिकाबीच खटपट हुने नदिने गरी काम गर्नु पर्ने बताए ।
उनले आम जनताको विश्वास कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव पनि दिए ।
पार्टी सुधार र रूपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने पनि उनको भनाइ थियो ।