भुकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्दै सशस्त्र प्रहरी बल

काठमाडौ/ सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भुकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिबेणि गाउंपालिकामा ७ वटा निर्माण गरिएका छन् ।
बिशेष गरि एकल महिला , अपांगता भएका , बृद्धअबस्थाका , बिरामी , बिपन्न र सुत्केरीको बर्ग बिभाजन गरि उनिहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो ।
सो अनुसार एकल महिलाको लागि ५ , अपांगता भएकाको ४ , बृद्धअबस्थाको ३ , बिरामिको ३ र बिपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रबक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिबेणि गाउंपालिकामा अस्थायी रुपमा बस्ने गरि तैनाथ गरिएको छ । यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउंपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ ।

यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला बिपद् ब्यबस्थापन समिती संगको आबश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आबश्यक पर्ने भुकम्प पिडितको पहिचान गरि फौज परिचालन गर्ने योजना रहेको छ ।

यता भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने , भत्किएका बिध्यालय तथा स्थानियको घरको भग्नाबशेष हटाउने तथा चर्किएको घरहरु भत्काउने कार्यलाई तिब्रता दिएको समेत सह प्रबक्ता डिएसपी थापले बताए । जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् ।
यस्तै भेरी नगरपालिकामा १ सय , नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउंपालिकामा २५ स्थानका भग्नाबशेष हटाइएका छन् । चर्किएका ८ वटा घर समेत भत्काइएको छ ।
