कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

काठमाडौं/ बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो ।बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ।
भारतबाट नेपालतर्फ आउदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना साथै आफुले बोकेको झोला फालेर भागेका थिए ।
उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।
बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।