माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौं । माल्टा पठाउँछु भनेर ठगि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन् ।
५५ वर्षीय उदासलाई सातदोवाटोबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ। माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन्।
९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए।