डा. केसी अनसन बसे पछि धनगढीवासी विरोधमा
धनगढी । डा. गोविन्द केसीको विरुद्ध प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिवार प्रदर्शन भएको हो ।
उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रदर्शन गर्नु परेको हो । सो क्रममा सङ्घर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।
डा. केसी शुक्रवार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अवरोध गरे पछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसे पछि स्थानीयले उनीबिरूद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
सत्याग्रहका मागहरु
१. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।
२. यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् ।
सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने ।
१००शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गर्ने
विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने
सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने
















