‘नाङ्गो गाउँ’को ४ करोड माथिको कलेक्सन
काठमाडौं । नेपाली काथानक चलचित्र ‘नाङ्गो गाउँ’ले एक सातामा ३ करोड भन्दा बढीको कलेक्सन गरेको जनाइएको छ ।
भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले ४ करोड कलेक्सन गरेको वितरकले बताएका छन् ।
पछिल्लो समय नेपाली दर्शकहरु हलमा नगइरहेका बेला ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ ।
नेपालमा चलचित्रको व्यापार काठमाडौं उपत्यकासहित पोखरा, झापा, चितवन, बुटवल, नेपालगञ्ज र इटहरीमा बढी हुने गरेको छ ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकार छन् ।