’टुरिस्ट बस नेपाल’ एप्सबाटै टुरिस्ट बसको टिकट
काठमाडौँ । पर्यटन बस व्यवसायीहरूको छाता संस्था टुरिस्ट बस एसोसिएसन अफ नेपालले ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ गरेको छ ।
बुधवार काठमाडौँको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी टुरिस्ट बस एसोसिएसनले औपचारिक रूपमा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ भएको जानकारी दिएको हो ।
पछिल्लो समय विभिन्न अनलाइन माध्यमबाट टुरिस्ट बसको नाममा टिकट बुकिङ गरी अन्य सार्वजनिक बसमा यात्रु पठाउने गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उक्त एप्स सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।
एप्स सञ्चालनमा आएसँगै विश्वका जुनसुकै कुनाबाट अब अनलाइन सिस्टममार्फत पर्यटक बसको टिकट काट्न सकिनेछ ।
यस एप्सलाई विश्वको जुनसुकै कुनामा रहेको पर्यटक तथा यात्रुले आफूले इच्छाइएको सिट नं र आवतजावत गर्ने दिनको टिकट काटेर यात्रा गर्न सक्ने छन् ।














