डोल्पाको नन्द बक्स गुल्मका प्रमुख मेजर पण्डित सम्पर्कविहीन

काठमाडौँ । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।
उनले भने ‘ हिजो साँझ सात बजेसम्म सँगै रहेका गुल्म पति पण्डित बडीगार्डलाई पनि छोडेर एक्लै बाहिरिएको र अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन । सेना र प्रहरीको टोलीसहित हामी उहाँको खोजी गरिरहेका छौँ ।’
गुल्म पति, पण्डितको मोवाईलमा सम्पर्क हुन नसकेको उनको भनाई छ ।