सरकार सङ्घीयतालाई बलियो बनाउने अभियानमा छ : मन्त्री गुरुङ

काठमाडौँ । सहरी विकास मन्त्री सिता गुरुङले, अहिले सरकार सङ्घीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छिन् ।
आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार सङ्घीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोही अनुसार सात वटै प्रदेशको, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी सङ्घीयतालाई बलियो बनाउने अभियानमा छौँ । त्यही अनुसार आज हामीले सात वटै प्रदेशको प्रदेश प्रमुख मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौँ । यसले सङ्घीयतामा गइसकेपछि ,सङ्घीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटो भन्दा छिटो भवन तयार गरी सार्न सफल भयौँ । ’
उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय तथा आवासको बसाई सङ्घीय लोकतान्त्रिक र गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी सङ्ले गर्न आग्रह गरिन् ।