तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ,यस्तो छ मूल्य सूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज, नेपाली ठूलो गोलभेँडाको मूल्य सोमबारको तुलनामा आज १० रुपैयाँले बढेको छ । हिजोको तुलनामा,मकै बोडी,गायतका तरकारीको मूल्य न्युनतम १० रुपैयाँले बढेर आउँदा कन्य च्याउ र डल्ले च्याउको मूल्य भने स्थिर रहेको छ ।
नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्रि भईरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले घटेर प्रतिकेजी न्युनतम मूल्य ४८ पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ न्युनतम प्रतिकेजी तोकिएको छ । यस्तै सुकेको प्याज भारतीय ५३ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ ।
यस्तै रायोको साग आज ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले घटेर ४० हुँदा हरीयो प्याजको मूल्य सोमबारको तुलनामा स्थिर ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०,तरबुजा हरियो ७०, मौसम १८०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।














